समाचाररमाईलो

सपनामा पैसा र सुन देखे के हुन्छ ?

यदि तपाई ले सपनामा पैसा भेट्नु भयो भने तपाई को जीवन अचानक केहि मोड आउने वाला छ भनेर जान्नुहोस । त्यो मोड खास गरि राम्रो पनि हुन सक्छ र नराम्रो पनि । यदि पैसा भेटेर सुरक्षित सँग राख्नु भयो र त्यो तपाई सँग हुदा नै तपाई बिउझिनु भयो भने त्यो राम्रो संकेत हो ।

तपाईको जीवन मा पनि छिट्टै धन वा सफलता हात लाग्ने छ तर यदि सपनामा भेटेको वा देखेको पैसा तपाई सँग छैन वा प्राप्त गर्न सक्नु भएन भने त्यो सपनाको संकेत अलि कठिन हुन्छ । तपाई लाई सफलता त मिल्छ तर त्यति सजिलो प्राप्त हुदैन तपाई ले त्यसलाई प्राप्त गर्न वा हाँसिल गर्न धेरै नै संघर्ष अनि मेहनत गर्नु पर्छ ।

हुन त सिधा अर्थ मा भन्नु पर्दा मेहनत बिना केहि छैन तर पनि मेहनत को प्रतिफल भने सबै लाई बेग्ला बेग्लै हुन्छ । यदि सपनामा तपाईले सुन वा कुनै सिक्का वा रत्न देख्नु भयो भने तपाई को जीवन मा तपाई को आफन्त को सहयोग प्राप्त हुन्छ । मित्र को साथ धेरै नै पाउनु हुन्छ । यसलाई मित्रता को प्रतिक मानिन्छ ।

जीवन मा सम्पति भएर मात्र हुन्छ जो सँग आफ्नो मित्र अनि आफन्तको साथ हुन्छ त्यहि मानिस सम्पन्न र धनि हुन्छ । हामिले सधै यो कुरा लाई ख्याल गर्नु पर्छ कि एक्लै कुनै पनि काम गर्न कठिन छ । त्यसैले साथी र सहयात्रीको साथ हुन आवश्यक हुन्छ ।

यदि तपाई ले सपनामा मणि वा रत्न देख्नु भयो भने तपाई सँग तपाईको भाग्य बलियो छ भन्ने अर्थ हुन्छ । यस्तो चिज देख्नले सानो कामले पनि ठुलो प्रतिफल प्राप्त हुने लक्षण देखाउछ । तर याद राख्नुहोस सपनामा जति कुरा हरु भेट्नु हुन्छ त्यो सबै सपना हरु राम्रो हुन्छ भने हराएको वा गुमाएको सपनाले तपाई लाइ निराश तुल्याउछ ।

Share this:
Show More

Related Articles