देशकला/साहित्यसमाचार

नेपालको पहिलो सिनेमाटोग्राफर बैकुण्ठमान मास्केको कोरोनाबाट निधन

काठमाडौं, कार्तिक १ –    नेपालको पहिलो सिनेमाटोग्राफर बैकुण्ठमान मास्केको कोरोना संक्रमणपछि निधन भएको छ। ८३ वर्षीय मास्के मिर्गौला सम्बन्धी रोगबाट पीडित थिए।

केही समयदेखि साताको तीन पटक डायलसिस गराउँदै आएका उनलाई गत आइतबार कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो। उपचारको क्रममा ललितपुर पुलचोकस्थित् निदान अस्पतालमा मास्केको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए।

मास्केले परिवर्तन, मनको बाँध, हिजो आज भोलि लगायत दुई दर्जन भन्दा बढी चलचित्र खिचेका छन्। झण्डै ६ दशक निरन्तर चलचित्र क्षेत्रमा सक्रिय मास्केको निधनले चलचित्र प्राविधिक तथा चलचित्र क्षेत्रलाई ठूलो क्षती पुर्‍याएको चलचित्र प्राविधिक संघका अध्यक्ष लामाले बताए।

Share this:
Show More

Related Articles