देशसमाचारअन्तराष्ट्रिय

विश्वभर कोरोना संक्रमण निको हुनेको संख्या ३ करोड नाघ्यो

काठमाडौं, कार्तिक ४  – विश्वभर कोरोना संक्रमण निको हुनेको संख्या ३ करोड नाघेको छ । हालसम्म कोरोना पुष्टि भएका ४ करोड ६ लाखमध्ये ३ करोड ३ लाख २९ हजार ७ सय जना निको भएका छन् ।

वल्ड्रोमिटरका अनुसार गएको २४ घण्टामा मात्रै २ लाख २१ हजार ३ सय ६५ जना निको भएका हुन् । अहिले विश्वभर ९१ लाख ५१ हजार सक्रिय संक्रमित छन् ।

जसमध्ये एक प्रतिशत अर्थात् ७२ हजारको अवस्था जटिल छ भने बाँकी ९० लाखको अवस्था सामान्य छ । ११ लाख २२ हजारको भने कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

हालसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ८४ लाख ४६ हजारमा कोरोना पुष्टि भएकोमा ५४ लाख ९३ हजार निको भएका छन् ।

२ लाख २५ हजारको मृत्यु भएको छ । यस्तै ७५ लाख ९४ हजार संक्रमित रहेका भारतमा ६७ लाख ३० हजारले कोरोना जितेका छन् । १ लाख १५ हजारको ज्यान गएको छ ।

यसैगरी ५२ लाख ५० हजारमा कोरोना पुष्टि भएको ब्राजिलमा ४६ लाख ८१ हजार निको भएका छन् । ब्राजिलमा १ लाख ५४ हजारको मृत्यु भएको छ ।

Share this:
Show More

Related Articles