देशसमाचारअर्थबैैैंक

विजया दशमीमा एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्गबाट दक्षिणा दिँदा बैंकले १० प्रतिशत रकम थपिदिने

काठमाडौं, कार्तिक ६ –  एनआईसी एशिया बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग प्रोत्साहन गर्दै आएको छ ।

भौतिक दूरी कायम गरी सुरक्षित किसिमले विजया दशमी मनाउनु आग्रह गर्दै उसले आफ्ना ग्राहक महानुभावहरूलाई डिजिटल रकम स्थानान्तरणमा प्रोत्साहनस्वरूप डिजिटल दक्षिणा योजना ल्याएको जनाएको छ ।

‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै सो बैंकले दसैँमा ग्राहक महानुभावहरूले आफ्ना आफन्तजनलाई दिने दक्षिणा बैंकको मोबाइल बैंकिङ्ग मार्फत प्रदान गरेमा दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म बैंकले आफ्नो तर्फबाट थप गर्ने भएको छ । यो योजना बैंकमा आबद्ध ग्राहकलाई विजया दशमी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लागु हुने जनाइएको छ ।

यस योजना अवधीभर बैंकको तर्फबाट एकजनाले अधिकतम ५०० रुपैयाँसम्म दक्षिणा प्राप्त गर्न सक्ने छन् । उक्त १० प्रतिशत रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहकको बैंक खातामा जम्मा गर्नेछ ।

Share this:
Show More

Related Articles