देशसमाचारएक्सन स्पोर्टस्

आइपिएल : पाण्डे र शंकर चम्केपछि हैदराबादको सहज जित

काठमाडौं, कार्तिक ७ –  दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा खेलिएको आइपिएल–१३ को ४० औँ खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई आठ विकेटले पराजित गरको छ।

जितका लागि प्राप्त १५५ रनका लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको हैदराबादले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर लक्ष्य भेट्टायो।

हैदराबादका मनिष पाण्डे र विजय शंकरले शानदार प्रदर्शन गरे। पाण्डे ८३ रनमा अविजित रहँदा शंकरले अविजित ५२ रन बनाए ।

पाण्डे र शंकरले तेस्रो विकेटका लागि अविजित १ सय ४० रनको साझेदारी गरे । यस्तै जोनी बेयरस्टोले १० रन जोड्दा कप्तान डेभिड वार्नर ४ रनमा आउट भए।

राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

जितसँगै १० खेलमा ८ अंक जोडेको हैदराबाद तालिकाको पाँचौ स्थानमा उक्लेको छ। ११ खेलमा ८ अंक जोडेको राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

Share this:
Show More

Related Articles