देशसमाचारBanner News

पहाडी भूभागहरुमा आंशिक बदली, प्रदेश १ मा पानी पर्ने सम्भावना

काठमाडौं, कार्तिक ७ – देशका पहाडी भूभागहरुमा आंशिक बदली रहे पनि बाँकी भूभागमा शुक्रबार दिउँसोको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावाना रहेको मौसमविदले बताएका छन्। शुक्रबार राति पनि पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रदेश १ का एक–दुई स्थानमा राति पनि हल्का वर्षाको सम्भावाना छ । अहिले बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ।

Share this:
Show More

Related Articles