देशसमाचारअर्थशेयर

दोहोरो अंकले बढेको सेयर बजारमा साढे तीन अर्बको कारोबार

काठमाडौं, कार्तिक २३  –  साताको पहिलो दिन आइतवार सेयर बजार दोहोरो अंकले बढेको छ ।

नेप्से १२ दशमलव ४९ अंक बढेर १ हजार ६४८ दशमलव ५९ बिन्दुमा पुगेको छ । बिहीवार ४ दशमलव ४७ अंक घटेर १ हजार ६३६ दशमलव १७ विन्दुमा बन्द भएको बजार आइतवार भने १ हजार ६४३ दशमलव २९ विन्दुदेखि खुलेको हो ।

आइतवार १९८ कम्पनीको ४१ हजार ७६७ पटकको व्यापारमा ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ६३ हजार ४५६ कित्ता सेयर कारोबार भएको छ ।

आइतवार सर्वाधिक रकमको कारोबार गर्नेमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा छ । कम्पनीको २५ करोड ९२ लाख २ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको हो । बढेको बजारमा आइतवार ५० ओटा कम्पनीको सेयरमूल्य घटेको छ । सर्वाधिक घट्नेमा भने नेपाल फाइनान्स कम्पनी अगाडि छ ।​

आइतबारको कारोबारमा १२ समूहमध्ये बैंकिङ समूह शून्य दशमलव शून्य ९ प्रतिशतले र विकास बैंक शून्य दशमलव ३२ प्रतिशतले घटेको छ । बाँकी सबै समूहको परिसूचक बढेको छ । यो दिन सर्वाधिक व्यापारिक समूहको परिसूचक ८ दशमलव ५८ प्रतिशतले बढेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधनको ४ दशमलव शून्य ४ प्रतिशत, अन्यको २ दशमलव ६३ प्रतिशत, जलविद्युतको २ दशमलव १४ प्रतिशत, होटलको १ दशमलव ५८ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव ४१ प्रतिशत, वित्तको शून्य दशमलव ४९ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव २३ प्रतिशत, लघुवित्तको शून्य दशमलव ४१ प्रतिशत र जीवन बीमाको शून्य दशमलव ९ प्रतिशत परिसूचक बढेको छ ।

Share this:
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *