देशसमाचारअर्थ

सुनको मूल्य पाँच सय बढ्यो

काठमाडौं, कार्तिक २३  – नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९७ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० तोकेको छ।

शुक्रबार छापावाला सुन प्रतितोला रु ९७ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० मा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भइ एक हजार २७५ पुगेको छ।

Share this:
Show More

Related Articles