देशसमाचारएक्सन स्पोर्टस्

जोकोविचलाई पराजित गरेर मेड्भेडेभ सेमिफाइनलमा

काठमाडौं, मंसिर ४ – नोभाक जोकोविचलाई पराजित गरेर डानिल मेड्भेडेभ एटिपी फाइनल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लण्डनमा भएको खेलमा चौथो बरियताका मेड्भेडेभले सर्बियन जोकोविचलाई ६–३ र ६–३ को सेटमा पराजित गरेका हुन् ।

विश्व नम्बर एक ३३ वर्षका जोकोविच शुक्रबार हुने राउण्ड रोबिनको अन्तिम खेलमा एलेक्सान्डर स्वेरेभलाई पराजित गर्न सकेमा अन्तिम चारमा पुग्न भने सक्ने छन् ।

डिएगो श्वार्ट्ज्मनलाई पराजित गरेर स्वेरेभले अन्तिम चारमा पुग्ने आफ्नो सम्भावना पनि बलियो बनएका छन् । पाँचौँ बरियताका जर्मन स्वेरेभले अर्जेन्टिनी खेलाडी डिएगोलाई ६–३, ४–६ र ६–३ को सेटमा पराजित गरेका हुन् ।

Share this:
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *