देशसमाचारBanner News

काठमाडौंको तापक्रम ६.५ डिग्रीमा झर्‍यो, यस्तो हुनेछ तीन दिनको मौसम

काठमाडौं, मंसिर ७  – बढ्दै गएको चिसोसँगै देशका अधिकांश स्थानको तापक्रम घट्दै गएको छ ।

काठमाडौं उपत्यकाको आज बिहानको तापक्रम ६.५ डिग्री सेन्टिग्रेड मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि शुक्रबार यो वर्षको अहिलेसम्मको सबैभन्दा कम तापक्रम ५.५ डिग्री सेन्टिग्रेड थियो । विगतको वर्षको तुलानामा यस वर्ष चाँडैदेखि चिसो सुरु भएको र तापक्रम पनि घटेको महाशाखाले जनाएको छ ।

जोमसोमको न्यूनतम तापक्रम माइनस ५ डिग्री सेन्टिग्रेड पुगेको छ भने जुम्लाको तापक्रम माइनस ४.९  डिग्री सेन्टिग्रेडमा झरेको छ ।

महाशखाका अनुसार आजको मौसम दिउँसोबाट बद्लिने छ । अहिले बिहान काठमाडौं उपत्यकाको मौसम सफा रहे पनि दिउँसो बदली हुने मौसमविद्हरुले बताएका छन् ।   पानी पर्ने सम्भावना भने नरहेको जनाइएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी तथा हिमाली भोगमा मौसममा बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो हुनेछ आगामी तीन दिनको मौसम

मंसिर ७ गते (आइतबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।

मंसिर ८ गते (सोमबार)

दिउँसो : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।

देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।

देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंसिर ९ गते (मंगलबार)

दिउँसो : प्रदेश ५,  सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।

देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।

देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Share this:
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *