देशसमाचारअन्तराष्ट्रिय

कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या ५ करोड ८० लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

काठमाडौं, मंसिर ७  – विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ८० लाख नाघेको छ।

आइतबार  बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ५ करोड ८० लाख  ३५ हजार २ सय ९६ जना संक्रमित भएको तथ्यांक रहेको छ।

अमेरिकामा संक्रमितको संख्या एक करोड २० लाख ७९ हजार २ सय ९६ पुगेको छ। त्यस्तै भारतमा ९० लाख ५० हजार ५ सय ९७, ब्राजिलमा ६० लाख २० हजार १ सय ६४ र रुसमा २० लाख ४७ हजार ५ सय ६३  जनामा  ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै पछिल्लो तथ्यांक अनुसार १३ लाख ७९ हजार ४ सय ६३ जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।  अमेरिकामा २ लाख ५५ हजार ८ सय ४,  ब्राजिलमा १ लाख ६८ हजार ९ सय ८९, मेक्सीकोमा एक लाख ८ सय २३, बेलायतमा ५४ हजार ७ सय २१, इटालीमा ४९ हजार २ सय ६१ जनाको मृत्यु भएको छ ।

विश्वभर तीन करोड ७१ लाख ६७ हजार १ सय ३४ जना संक्रमणमुक्त भएका छन्। आइतबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५४ लाख ३७ हजार १ सय ८९, अमेरिकामा ४५ लाख ३७ हजार १ सय ८९, रुसमा १५ लाख ६४ हजार ८ सय ९७ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि  दुई लाख १८ हजार ६ सय ३९  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख ९३ हजार ३ सय २५ जना संक्रमणमुक्त भएका छन् भने एक हजार ३ सय  ५ जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या ९० लाख ५० हजार ५ सय ९७ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ३२ हजार ७ सय २६ पुगेको छ। भारतमा हालसम्म ८४ लाख ७८ हजार १ सय २४ जना  संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म ३ लाख ७१ हजार ५ सय ८ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ७ हजार ६ सय ३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख २८ हजार  ९ सय ३१ जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ४५ हजार २ सय ८१ पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार ३ सय ५० जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  ३ लाख ६० हजार ३ सय ५२ छ।

अफ्गानिस्तानमा संक्रमितको संख्या ४४ हजार ५ सय ३ पुगेको छ। अफगानिस्तानमा १ हजार ६ सय ७५ जनाको मृत्यु भइसकेको छ भने ३५ हजार ४ सय २२ जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या १२ हजार ५ सय ७८ जना रहेको छ। मृत्यु हुनेको संख्या ४५ छ भने उपचारपछि निको हुनेको संख्या ११ हजार ५ सय ५९ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या १९ हजार ७ सय ७१  जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ८३ छ भने निको हुनेको संख्या १३ हजार ५ सय ९० रहेको छ।

भुटानमा संक्रमितको संख्या ३७८ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३५८ छ।

Share this:
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *