देशसमाचारBanner News

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं, मंसिर ९  –   बैतडीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो १ बजेतिर झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

जीपमा चालकसहित १२ जना यात्रु सवार रहेको बताइएको छ। घाइतेहरुलाई जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Share this:
Show More

Related Articles