देशसमाचार

दाङकी ७७ बर्षीया कोरोना संक्रमित महिलाको कोहलपुरमा मृत्यु

काठमाडौं, मंसिर १०  –  कोरोना संक्रमणबाट दाङकी एक महिलाको कोहलपुरमा मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ की ७७ बर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मंगलबार राति सवा १२ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

स्वास्थ्यमा समस्या आए पश्चात् मंसिर ५ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी उनको कोभिडको आशंकामा त्यसै दिन स्वाब संकलन गरिएको थियो । मंसिर ६ गते उनमा कोरोना पुष्टि भएको थियो ।

विरामीकोे रोगको प्रकृतिअनुसार उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि उनको मंगलबार राति मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।यो संगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका ४९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Share this:
Show More

Related Articles