देशसमाचारशेयर

नेप्से २ हजार विन्दुमा, कारोबार रकम घट्यो

काठमाडौं, मंसिर १६ –  सेयर बजार बढ्ने क्रम मंगलबार पनि जारी रह्यो । उतारचढाबबीच सेयर बजार परिसूचक नेप्से २ हजार बिन्दुमा पुगेको छ ।

यसदिन ३.३५ अंकले बढेर नेप्से २ हजार दशमलब ४० विन्दुमा पुग्यो । यो हालसम्मकै उच्च विन्दु हो । प्रि ओपनिङ सेसनमा १२ अंकले बढेको बजार कारोबार भएको १५ मिनेटमै ३० अंकले घटेको थियो ।

त्यसपछि पुनः बजार बढ्दै २५ अंकसम्मले बढेको थियो  । फेरि झरेको नेप्से कारोबार अन्तिम समयतिर पुनः फर्कंदै ३ अंकले पोजेटिभ भएर रोकिएको हो । बैंकिङ्ग, विकास बैंक र होटल समूहमा दोहोरो अंकको गिरावट आयो भने उत्पादनमूलक समूह १०७ अंक बढिले ओर्लियो ।

जीवन बिमा समूहमा सबैभन्दा उच्च २१६ अंकको वृद्धि आयो भने टेलिकम सूचीकृत अन्य समूहमा पनि १०७ अंकको वृद्धि आयो । यस्तै उत्पादनमूलक समूह ९९ अंकले बढ्दा जलविद्युत समूहमा पनि साढे ३८ अंकको वृद्धि आयो । निर्जीवन समूहमा ३४ अंकको गिरावट आउँदा वित्त समूहमा ७ अंकको गिरावट आयो भने म्युचुअल फन्ड पनि ऋणात्मक रह्यो ।

सोमबारको तुलनामा यसदिन कारोबार रकममा भने गिरावट आयो । यसदिन १ सय ९७ कम्पनीको १८ लाख ७६ हजार कित्ता सेयर ७ अर्ब ४० करोड रुपैयाँमा खरिद बिक्री भयो । यसदिन नेपाल लाइफ इन्स्यारेन्सको सबैभन्दा बढी ३८ करोड ४८ लाख रुपैयाँका सेयर कारोबार भयो ।

यस्तै नेपाल पुनर्बिमा कम्पनीको ३७ करोड ३४ लाख र प्रभु बैंकको ३६ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भयो । यसदिन नेपाल पुनर्बिमा कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीको करिब १० प्रतिशतले सेयर मूल्य बढ्यो भने माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम, र सोन्जेन जलविद्युत कम्पनीको सेयर भाउ पनि करिब १० प्रतिशतले नै बढ्यो ।

Share this:
Show More

Related Articles