देशसमाचारदुर्घटना

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

इलाम, पुष २४ –  इलामको माङ्सेबुङ गाउँपालिका–२ भोटेडाँडामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रवि–दमक सडक खण्डमा काठको गोलिया बोकेर झापाको दमक तर्फ जाँदै गरेको ना ३ ख २०५ नम्बरको ट्रक दुर्घटना हुँदा पाँचथर मिक्लाजुङ गाउँपालिकाका ३५ वर्षीय किरण राईको मृत्यु भएको हो ।

ट्रक सडकबाट अनियन्त्रित भई बाटोबाट करिब २ सय मिटर तल खस्दा घाइते भएका राईको उपचारको लागि दमकतर्फ लग्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । ताप्लेजुङ मेले गाउँपालिका–१ बस्ने ट्रकका चालक प्रमोद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

यता बर्दियाको ठाकुरबाबामा पनि सवारीसाधन दुर्घटनामा परेर एक जनाको ज्यान मृत्यु भएको छ । गएराति बर्दियाको ठाकुरबाबा नगरपालिका डल्लपमा मोटसरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको हो । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका वडा नम्बर १ डुम्रेनीका २२ वर्षीय त्रिभुवन आचार्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि मेडिकल कलेज कोहलपुर लैजाने क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय भुरिगाँउले जनाएको छ । यस्तै दुर्घटनामा अर्का १ जना घाइते भएका छन् । ठाकुरबाबा नगरपालिका १ डुम्रेनीकै अन्दाजी २२ वर्षीय तीर्थ आचार्य घाइते भएका हुन् ।

Share this:
Show More

Related Articles