देशसमाचारBanner Newsराजनीति

पत्नीकाे उपचारका लागि मुम्बई गएका प्रचण्ड आज स्वदेश फर्किँदै

काठमाडौँ, पुस २५ – पत्नीको उपचारका लागि भारतको मुम्बई गएका नेकपा कम्युनिष्ट पार्टी (नेकपा प्रचण्ड–नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किँदै छन् ।

प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि गएको सोमबार नयाँ दिल्ली हुँदै मुम्बई गएका थिए।

उनी शनिबार दिउँसो ३ बजे छोरी रेणुका साथ फर्किने कार्यक्रम छ । उनीहरु नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौँ उडानबाट स्वदेश फर्कन लागेका हुन् ।

सीता दाहालको मुम्बईमा उपचार भइरहेको छ।

Share this:
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *