देशसमाचारराजनीति

ओली समूह निकट युवा संघको काठमाडौंमा भेला

काठमाडौँ, पुस २५ – नेकपाको ओली समूह निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघले शनिबार (आज) काठमाडौंमा प्रदर्शन तथा भेला गर्दैछ ।

प्रतिनिधिसभा विघटनको समर्थनमा संघले भेला गर्न लागेको हो ।

युवा संघका अनुसार काठमाडौंका विभिन्न स्थानबाट निस्किएको जुलुस प्रज्ञा भवनमा पुगेर सभामा परिपणत हुने छ ।

सभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ ।

पछिल्लो समय प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ भने ओली समुह पनि विघटनको औचित्य पुष्टि गर्न र चुनावको तयारीमा जुट्न भन्दै विभिन्न जुलुस तथा कार्यकर्ता भेलामा निस्किएको छ ।

Share this:
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *