देशसमाचारBanner News

आजको मौसमः कतै सफा, कतै बदली

 काठमाडौं ,पुष२६ – देशका अधिकांश भूभागमा आइतबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तर प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली रहने मौसमविदले जनाएका छन्।

आइतबार राति प्रदेश १ मा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

अहिले बिहान देशका केही भूभागमा आंशिक बदली रहेको छ।

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसमविदले बताएका छन्।

तर मौसम सफा रहे पनि तापक्रममा हल्का गिरावट आइ चिसो बढ्न सक्ने भएकोले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।

Share this:
Show More

Related Articles