देशसमाचारशिक्षा

लोकसेवा आयोगले नायब सुब्बा पदमा आठ सय ४३ जनाका लागि माग्यो आवेदन

काठमाडौं, पुस २९ – लोक सेवा आयोगले नायब सुब्बा पदमा आठ सय ४३ जनाका लागि विज्ञापन खुलाएको छ ।

आयोगले सातवटै प्रदेशमा गरी आठ सय ४३ जनाको लागि आवेदन मागेर विज्ञापन प्रकाशन गरेको हो । माग गरिएका पदहरुमध्ये खुल्लाबाट चार सय ११ तथा ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट चार सय ३२ जनाको पदपूर्ति गर्ने आयोगले जनाएको छ ।

आवेदन दिने समय आगामी माघ २० गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २७ गतेसम्म आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख छ । आयोगले परीक्षाको मिति भने पछि तोक्ने जनाएको छ ।

कोरोना महामारीका कारण लोकसेवा आयोगको परीक्षा नहुँदा परीक्षाको तयारी गरिरहेकाहरु निराश बनिरहेका बेला पछिल्लो समय आयोगले विज्ञापन प्रकाशन गर्न थालेको हो । यस अघि शाखा अधिकृत पदका लागि पनि विज्ञापन गरेर आवेदन संकलन गरिरहेको छ ।

Share this:
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *