
काठमाडौं, पुस २९ – नेपालमा पछिल्लो २४ घण्टामा थप ४४५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार १४३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा ५, तेह्रथुममा १, पाँचथरमा १, भोजपुरमा १, मोरङमा ११, सुनसरीमा ३, धनुषाका १, पर्सामा ३, सप्तरीमा २३, सर्लाहीमा १, सिराहामा ४ जना कोरोना संक्रमित थपिएका छन्।
यस्तै काठमाडौँमा १८९, काभ्रेमा ७, चितवनमा १, दोलखामा ५, धादिङमा ४, नुवाकोटमा २, भक्तपुरमा १९, मकवानपुरमा ३, रसुवामा ३, ललितपुरमा ३८ र सिन्धुपाल्चोकमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै कास्कीमा २८, गोरखामा १, तनहुँमा २, पर्वतमा २, म्याग्दीमा २, लमजुङमा २, बागलुङमा १, अर्घाखाँचीमा ४, कपिलवस्तुमा ५, गुल्मीमा २, दाङमा २, नवलपरासीमा १, पाल्पामा २, बर्दियामा ६, बाँकेमा २५, रुपन्देहीमा १८, रोल्पामा १, जुम्लामा १, डोटीमा १ तथा बझाङमा १० जना संक्रमित थपिएका छन्।