देशसमाचारBanner News

नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ संक्रमित, २८५ संक्रमणमुक्त, ६ जनाको मृत्यु

काठमाडौं, माघ १३  –  नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ७० हजार ९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ७४ जनाको पीसीआर परीक्षण भएको हो ।

पछिल्लो २४ घण्टामा २८५ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६४ हजार ८२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या जम्मा संख्या २ हजार १७ पुगेको छ ।

Share this:
Show More

Related Articles