देशसमाचारअर्थ

विमानस्थलबाट अमेरिकी डलरसहित एक जना पक्राउ

काठमाडौं, माघ १३ –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाका हुबबहादुर गुरुङ रहेका छन् ।

गुरुङले विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान एरियाको प्रहरी सहायता  कक्ष नजिक आई गैरकानूनी रुपमा भिजिट भिसामा दुवई जान लागेका यात्रुलाई अमेरिकी डलर एक हजार  दिन ल्याएका थिए ।

सोही बेला  विमानस्थल प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको छ ।

Share this:
Show More

Related Articles