
काठमाडौं, माघ १३ – सर्वोच्च अदालतमा पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।
ढुंगानाले केही दिनअघि न्यायाधीशविरुद्ध आपत्तिजनक टिप्पणी गरेको भन्दै राजाराम घिमिरेसहित ४ जनाले उनीविरुद्ध अवहेलनाको मुद्दा हालेका थिए।
ढुंगानाले अदालतले शत प्रतिशत संसद ब्यूँताउनुपर्छ, सडकबाट न्यायाधीश तान्ने दिन आउन सक्छ भन्नी टिप्पणी गरेका थिए।
Share this: