देशसमाचारराजनीति

ओली नेतृत्वको सरकारले इतिहासमै नभएका कीर्तिमानी काम गर्‍योः अर्थमन्त्री पौडेल

काठमाडौं, फाल्गुन १-   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले इतिहासमै नभएका कीर्तिमानी काम गरेको दावी गरेका छन्।

नेकपा ओली समूहले शनिबार बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।

उनले भने, ‘यो सरकारले जनताका पक्षमा र राष्ट्र पक्षमा ऐतिहासिक महत्वका कीर्तिमानी कामहरु गरेको छ। इतिहासमा कहिल्यै नभएका कामहरु गरेको छ।’

पार्टीभित्र भएका विभिन्न षड्यन्त्रका वावजुद सरकारले काम गरिरहेको उनले बताए। आफूहरुलाई जनताकाे साथ रहेको उनले दावी समेत गरे।

उनले भने, ‘हामीलाई नेपाली जनताले साथ दिएका छन्। प्रतिपक्षले विरोध गरेको छैन। तर पार्टीभित्रकै साथीहरु ओलीलाई कसरी हटाउने भन्ने ध्याउन्नमा लागे।’

नेकपालाई जनता र कार्यकर्ताले विभाजन हुन नदिने र केही व्यक्तिहरु चोइटिएर गएको उनको भनाइ छ। केही मानिसहरुको जंगली महत्वकांक्षाले पार्टी विभाजित हुन्छ कि जस्तो लागेपनि त्यस्तो नहुने दावी गरे।

Share this:
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *