कला/साहित्यसमाचाररमाईलो

को हुन् इन्दिरा जोशीका प्रेमी ? औँठी लगाइदिएको फोटो सार्वजनिक!!

काठमाडौं, फागुन ७  – नेपाली सांगीतिक बजारमा गायिका इन्दिरा जोशीको चर्चा राम्रै छ । पछिल्ला केहि वर्ष यता गायन रियालिटी शो ‘नेपाल आइडल’को निर्णायक बनेपछि उनका चर्चा झनै चुलिएको छ । उनी सरहका अन्य कलाकारको विहे र प्रेमको चर्चा चल्दा उनलाई पनि प्रेम र विहेका बारेमा प्रश्न गरिन्थ्यो । उनी आफू प्रेममा नरहेको बताउँथिन् ।

तर, गायिका जोशी २ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । उनले सामाजिक सञ्जालमा एक तस्वीरसहित आफू दुई वर्षदेखि प्रेममा रहेको जानकारी दिएकी छिन्।

प्रेमीको हात समाएको तस्वीर राख्दै उनले लेखेकी छिन्, ‘मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ वर्षदेखि एकसाथ छौं र अझै कैयौं वर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौँ । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौँ ।’

प्रेमीले लगाइदिएको औँठी सार्वजनिक गरेपनि इन्दिराले प्रेमीको तस्वीर सार्वजनिक गरेकी छैनन् ।

Share this:
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *