देशसमाचारएक्सन स्पोर्टस्

प्रिमियर लिगमा उल्भर ह्याम्पटनसँग लिड्स युनाइटेड पराजित

काठमाडौं, फागुन ८  –  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा उल्भर ह्याम्पटन वान्डरसले लिड्स युनाइटेडलाई पराजित गरेको छ ।

उल्भर ह्याम्पटनले गएराति भएकाे खेलमा लिड्स युनाइटेडलाई १–० गोल अन्तरले ले पराजित गरेको हो । उल्भर ह्याम्पटनका लागि इलान म्यासलियरले एक गोल गरेका हुन् । जारी लिगमा उल्भर ह्याम्पटन ३३ अङ्कसहित ११ औँ र लिड्स युनाइटेड ३२ अङ्कसहित १२ औँ स्थानमा रहेका छन् ।

५६ अङ्कसहित म्यानचेस्टर सिटी ​लिगकाे शीर्ष स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेड ४६ अङ्कसहित दोस्रो स्थानमा रहेकाे छ।

Share this:
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *