देशसमाचारएक्सन स्पोर्टस्
नाेभाक जाेकाेभिचले जिते अस्ट्रेलियन ओपन च्याम्पियनशिप

काठमाडौं, फागुन ९ – सर्बियाका खेलाडी नाेभाक जाेकाेभिचले अस्ट्रेलियन ओपन टेनिसकाे पुरुष एकलतर्फकाे उपाधि जितेका छन् । जाेकाेभिचले रुसका डानिल मेद्वदेवलाई ७-५, ६-२, ६-२ काे साेझाे सेटमा हराए ।
जाेकाेभिचका लागि अस्ट्रेलियन ओपन टेनिसमा याे नवाैँ र ग्राण्ड स्लाममा १८ औँ उपाधि हाे । यसका साथै जाेकाेभिच राफेल नाडाल र राेजर फेडररकाे नजिकै पुगेका छन् । नाडाल र फेडररले अहिलेसम्म २० पटक ग्राण्ड स्लाम प्रतियाेगिता जितेका छन् ।
मेलबर्नकाे रेड राेभर अरिनामा भएकाे याे खेल हेर्न झण्डै साढे सात हजार दर्शक स्टेडियम पुगेका थिए ।
अस्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि जापानी खेलाडी नाओमी ओसाकाले जितेकी छिन् ।
Share this: