समाचारएक्सन स्पोर्टस्
प्रिमियर लिगमा लीड्सको प्रभावशाली जित

काठमाडौं ,फाल्गुन १२- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा लीड्स युनाइटेड विजयी भएको छ ।
घरेलु मैदानमा भएको खेलमा लीड्सले साउथह्याम्पटनलाई ३–० ले पराजित गरेको हो।
लीड्सका लागि ४७ औँ मिनेटमा प्याट्रिक बामफोर्ड, ७८ औँ मिनेटमा स्टूआर्ट डालास र ८४ औँ मिनेटमा राफिन्हाले गोल गरेका हुन् ।
जितपछि २५ खेलबाट ३५ अंकसहित लीड्स १० औँ स्थानमा उक्लिएको छ । ३० अंकसहित साउथह्याम्पटन १४ औँ स्थानमा छ ।
Share this: