देशसमाचार

कुर्सीको खेल सुरु हुने खतरा बढ्योः डा.भट्टराइ

काठमाडौं ,फाल्गुन १३ – जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराइले सुप्रिम कोर्टपछि अबको राजनीति दल वा नेताको कोर्टमा पुगेको बताउनु भएको छ ।

अब फेरि देशमा पुरानै कुर्सीको खेल शुरू हुने खतरा बढेकोमा भट्टराइले चिन्ता व्यक्त गर्नु भएको छ ।

भारतको नयाँ दिल्लीमा स्वास्थ्य उपचार गराइरहनु भएका भट्टराइले बिहीबार ट्विट गर्दै टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्नसक्ने भन्दै चिन्ता व्यक्त गर्नु भएको हो ।

देशको आवश्यकता र जनताको चाहना अब दल तथा नेताहरुले पाठ सिक्नुपर्ने रहेको भन्दै जनचाहना दल तथा नेताहरुले नयॉ राष्ट्रिय सहमति गरून् भन्ने रहेको भट्टराइले बताउनुभयो ।

Share this:
Show More

Related Articles