देशसमाचार

को-को परे एन्फा बागमती प्रदेशको तदर्थ समितिमा ?

काठमाडौं, फागुन १४ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले राजेन्द्र श्रेष्ठको अध्यक्षतामा बागमती प्रदेश फुटबल संघको तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा दीपक चित्रकार रहेका छन् ।

एन्फाले जनवरी १८ मा बसेको कार्यकारी समितिको बैठकको निर्णयअनुसार तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा निरज श्रेष्ठ, सहदेव ब्यन्जनकार र मनराज गोदार रहेका छन् ।

कोषाध्यक्षमा श्रीकृष्ण कार्की, सचिवमा दीपेन्द्र ढकाल र गोविन्द श्रेष्ठ तथा सह–कोषाध्यक्ष दिवा सागर श्रेष्ठ रहेका छन् ।

समितिको सदस्यमा लक्षु देवकोटा, बाबुराजा श्रेष्ठ, लवराज ठाकुर, सुदिप राजबाहक, अजब श्रेष्ठ, बाबुकृष्ण महर्जन, किशोर हेक्का, अनिल शाक्य र जीवन लामा रहेका छन् ।

Share this:
Show More

Related Articles