देशसमाचारअर्थ

आज कुन तरकारी र फलफूलको भाउ कति होला ? हेर्नुस् मूल्य विवरण

काठमाडौं, फागुन १४ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्य विवरण प्रकाशित गरेको छ ।

मूल्य विवरण अनुसार आज रातो आलुको औसतको मूल्य प्रतिकेजी २७.५० रुपैयाँ, रातो आलु भारतीय २५ रुपैयाँ, सेतो आलु १७.५० रुपैयाँ, काउली तराई २० रुपैयाँ र काउली स्थानियको २५ रुपैयाँ पर्नेछ ।

यसैगरी गुन्दुक प्रतिकेजी २३५ रुपैयाँ, गोलभेडा ठूलो (नेपाली) ४५ रुपैयाँ, सानो गोलभेडा १७.५० रुपैयाँ टनेल गोलभेडा २२.५० रुपैयाँ, च्याउ (कन्य) प्रतिकेजी ११० रुपैयाँ, डल्ले च्याउन १६५ रुप्ैयाँ तोकिएको छ भने ताजा माछा (छडी) प्रतिकेजी २१५ रुपैयाँ, ताजा माछा (बचुवा) २२५ रुपैयाँ, ताजा माछा (मुंगरी) २४५ रुपैयाँ, ताजा माछा (रहु) २७५ रुपैयाँ तोकिएको छ ।

पालूगो साग ४५ रुपैयाँ, पिंडालू ४५ रुपैयाँ, प्याज सुकेको (भारतीय) ७२.५० रुपैयाँ र प्याज हरियो  ५५ रुपैयाँ पर्नेछ ।

Share this:
Show More

Related Articles