समाचारएक्सन स्पोर्टस्

आइपिएलमा आज मुम्बई र चेन्‍नईबीच प्रतिस्पर्धा हुँदै

भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेटअन्तर्गत आज एक खेल हुँदै छ । २८औं खेलमा आज दुई चिरपरिचित प्रतिद्वन्द्वी मुम्बई इन्डियन्स र चेन्‍नई सुपर किङ्स आमनेसामने हुँदै छन् ।

आइपिएलमा यी दुई टोली सर्वाधिक सफल टोली हुन् । हालसम्म १० पटक प्लेअफ तथा आठपटक फाइनलमा पुगेको चेन्‍नईले तीनपटक उपाधि जितेको छ भने ९ पटक प्लेअफमा पुगेर ६ पटक फाइनल पुगेको मुम्बईले सर्वाधिक पाँचपटक आइपिएलको उपाधि जितेको छ ।

हालसम्म यी दुई टोलीबीच भएका ३० खेलमध्ये मुम्बईले १८ खेलमा जित हात पार्दा चेन्‍नईले १२ खेल जितेको छ ।

अहिले चेन्‍नई अंकतालिकाको शीर्षस्थानमा आसीन छ भने मुम्बई चौथो स्थानमा छ ।

Share this:
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *