देशसमाचारराजनीति

‘ओली र नेपालबीच भएकाे संवाद एमालेका लागि महत्त्वपूर्ण घटनाका रूपमा स्थापित हाेस्’

काठमाडौं, बैशाख ३१ – नेकपा एमालेका नेता वामदेव गाैतमले पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताबीच संवाद सुरु हुनु सुखद पक्ष भएकाे बताउनुभएकाे छ । शुक्रवार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नेता गाैतमले याे संवाद नेकपा एमालेका निम्ति एक महत्त्वपूर्ण घटनाका रूपमा स्थापित हाेस् भन्ने आफ्नाे चाहना रहेकाे बताउनुभएकाे छ ।

उहाँले लेख्नुभएकाे छ, ‘नेकपा (एमाले) का दुई वरिष्ठ नेता अध्यक्ष क. के.पी शर्मा ओली र पार्टीका पूर्वमहासचिव क. माधवकुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक संवाद सुरु भएको छ । यो नेकपा (एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रूपमा स्थापित होस् भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्ने शुभकामना दिन्छु ।’

यसैबीच नेता गाैतमले अध्यक्ष ओली नेपालकाे ४३ औँ प्रधानमन्त्री नियुक्त हुनुभएकाेमा बधाई पनि दिनुभएकाे छ ।

बिहीवार (हिजाे) बूढानीलकण्ठमा एक व्यवसायीकाे घरमा एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएकाे छ। भेटपछि छलफल सकारात्मक भएकाे नेता नेपालले प्रतिक्रिया दिनुभएकाे छ । त्यही भेटपछि नेपालतर्फका सांसदकाे राजीनामा पनि टरेकाे थियाे ।

Share this:
Show More

Related Articles