देशसमाचारसमाज

कोभिड महामारीलाई लिएर योगेश भट्टराईले सुझवासहित गराए सरकारको ध्यानाकर्षण

काठमाडौँ ,बैशाख ३० –  सरकारले सार्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वका रुपमा लिएर पर्याप्त काम नगरेका कारण अवस्था भयावह बन्न पुगेको नेकपा एमालेका नेता योगेश भट्टराईले बताएका छन् ।

उनले बिहीबार बिहान कोरोना भाइरसको महामारीलाई लिएर सामाजिक सञ्जाल मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले लेखेका छन्, ‘आज विश्व नै कोभिडबाट आक्रान्त छ । हरेक दिन बिरामीहरुको अकाल मृत्यु र उनीहरुका परिवारको चित्कारका समाचारले सरकार र भाग्यले बाँचेकाहरु लाचार बनिरहेको अवस्था छ । हाम्रो देश अझ संकट तिर जाँदै छ । बिगतदेखिकै सरकारहरुले सार्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वका रुपमा लिएर पर्याप्त काम नगरेका कारण आज यो बिस्फोट बन्न पुगेको छ ।’

बिरामीका लागि न्यूनतम अक्सिजन र बेड दिन नसक्ने अवस्था आउँदा सबै लज्जित बनेको उनले उल्लेख गरेका छन्। नेता भट्टराईले लेखेका छन्, ‘यस्तो संवेदनशील अवस्थामा भैरहेका अस्वस्थ राजनीतिक खेलहरुले सरकार, राज्ययन्त्र तथा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि बढदै गएर व्यवस्था नै धरापमा पर्न सक्ने संभावनाप्रति सबै सचेत हुनुपर्दछ ।’

नेता भट्टराईले सरकारलाई गराएको ध्यानाकर्षणका बुँदाहरु यस्ता छन्ः

१) अहिले तुलनात्मक रुपमा चिनमा कोभिडको असर कम भएको देखिन्छ । तसर्थ अघिल्लो समयमा इटली लगायतका युरोपेली मुलुकमा चिनले स्वास्थ्य सामाग्री र जनशक्ति सहित जसरी सहयोग गरेको थियो त्यसरिनै अहिले नेपाललाई सहयोग गर्न नेपाल सरकारले चिन सरकारलाई अनुरोध गर्नु पर्दछ । र भारत लगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरि सहयोग तत्काल ल्याउनु पर्दछ ।

२) २०७२ को महा भूकम्पपछि जसरी राजनीतिक बिमतीहरुलाई थाती रखेर सरकार र राजनीतिक नेत्रित्वले सहमतिमा काम र्गयो, एमाले, माओवादी र नेकाका बिचमा १६ बुंदे सहमति गरी संबिधान निर्माण गर्ने जोखिमपूर्ण काम सम्पन्न भयो त्यसरी नै कोभिड विरुद्धको लडाईँमा फेरि एक पटक राष्ट्रिय सहमतिकासाथ ठोस योजनामा सबैले काम गर्नु पर्दछ। राष्ट्रको मिसन कोभिड १९ लाई बनाउनु पर्दछ ।

३) सम्पूर्ण जनशक्तिलाई कोभिड विरुद्धको लडाईँमा केन्द्रित गर्ने र छिटो प्रकृयाबाट थप जनशक्ति भर्ना गर्ने ।

४) आर्थिक अभाव हुन नदिने । अन्य शिर्सकका बजेट पनि कोभिडमा केन्द्रित गर्ने । कोभिड बिरुद्धको लडाईँमा खटेको जनशक्ति बाहेक राज्यबाट पारिश्रमिक लिने अरु सबैको सुबिधा हाललाई स्थगित राख्ने ।

Share this:
Show More

Related Articles