देशसमाचारBanner News

‘चीनसँगको सीमा विवादबारे सरकारले हतारमा टिप्पणी गर्यो’ : कांग्रेस

काठमाडौं, असोज ८  – हुम्लामा नेपालको सीमाना चीनले मिचेको हो वा होइन भन्नेबारे सरकारले हतारमा टिप्पणी गरेको कांग्रेसले आरोप लगाएको छ । स्थलगत अध्ययनको विवरण आउनुअघि नै सरकारले यसबारे टिप्पणी गरेर सरकारले हतार गरेको आरोप कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लगाउनुभएको हो ।

नेपाल–चीन सीमा विवादबारे स्थलगत अध्ययनको विवरण आउनुपूर्व नै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेकोप्रति कांग्रेसको ध्यानाकर्षण भएको प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘अहिले प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीको स्थलगत अध्ययन जारी छ । स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनुपूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत देखिएको छैन’, कांग्रेसले आरोप छ ।

Share this:
Show More

Related Articles