समाचारराजनीतिस्थानीय राजनीति

दुई तिहाइको कम्युनिष्ट सरकार संघीयता विरोधी : कांग्रेस नेता कोइराला

काठमाडौं, कात्तिक १५ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेता डा.शेखर कोइरालाले दुई तिहाइको कम्युनिष्ट सरकार संघीयता विरोधी भएको आरोप लगाएका छन्।

बिहीबार नेपाली कांग्रेस उदयपुरको पार्टी कार्यालयमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले नेपाल प्रहरीको संरचना संघीय सरकारको मातहतमा राखेर प्रदेश प्रहरी ऐनहरू बनाउन नदिनु, प्रदेशमा पर्याप्त कर्मचारी दिन र पठाउन नसक्नु र कर बढाउन वर्तनमान सरकारको ठूलो कमजोरी रहेको टिप्पणी गरे ।

नेपाली कांग्रेसको अगुवाइमा संविधान निर्माण भएकाले कांग्रेसको काँधमा संघीयता सफल बनाउने जिम्मेवारी भएको उनले बताए । संघीयता असफल भए संविधान पनि असफल हुने र २०६२/६३ को जनआन्दोलनको उपलब्धि खेर जाने उनको भनाइ छ। ‘पार्टी केन्द्रमा धेरै गुट उपगुट भएकाले जिल्ला र गाँउका कार्यकर्ता मारमा परेको छन् । कांग्रेसको पुन: संरचनाका लागि नेतृत्व र विधान नै परिवर्तन गर्नुपर्छ’, उनले भने।

आगामी महाधिवेशनमा नेतृत्वको लागि आफू पनि भिड्ने कोइरालाले बताए।  संविधानको भावाना विपरीत दुई तिहाइको कम्युनिष्ट सरकार सञ्चालन भएको वर्तमान सरकारले सबै तहबाट अराजकता बढेकाले संघीयता धरापमा परेको उनले बताए ।

Share this:
Tags
Show More

Related Articles