समाचारसमाजविश्व

दुई भिन्न खोपका मात्रा मिसाएर दिँदा सुक्ष्म तथा मध्यम खालका साइडफेक्ट तुलनात्मक रुपमा बढि

काठमाडौँ ,बैशाख ३० – कोरोना भाइरस विरुद्धको दुई भिन्न खोपका मात्राहरु मिसाएर दिँदा साइडइफेक्टका घटना बढि हुने एक अध्ययनले देखाएको छ ।

अक्सफोर्ड एस्ट्राजेनेका र फाइजर खोपको मात्रा मिसाएर दिँदा सुक्ष्म तथा मध्यम तहका साइड इफेक्टहरुको बढि देखिएको हो ।

भिन्दाभिन्दै खोपका मात्राहरु मिसाउँदा टाउको दुख्ने, शरीर दुख्ने, ज्वरो आउनेसहितका साइड इफेक्टहरु बढि देखिएका हुन् । ती सबै साइडइफेक्टहरु अल्पकालीन रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । त्यसबाहेक अरु कुनै पनि सुरक्षा सम्बन्धी खतरा भने नदेखिएको जनाइएको छ ।

अक्सफोर्डको खोप समूहका प्राध्यापक म्याथ्यू स्नापले भनेका छन्, ‘यो अति चाखलाग्दो निष्कर्ष हो जसको अपेक्षा हामीले गरेका थिएनौँ ।’

गएको फेब्रुअरीमा द कम–कोभ अध्ययन सुरु गरिएको थियो । यो अध्ययनको क्रममा खोपको पहिलो मात्रा एउटा र दोस्रो मात्रा अर्को खोपको दिँदा हुने असर वा प्रभाव हेरिएको हो ।

क्यानडाका दुई राज्य अनतारिओ र क्वेबेकले निकट भविष्यमा दुई खोपका मात्राहरु मिसाएर दिने योजना बनाएको बताएका छन् ।

अक्सफोर्ड विश्वविद्यालयको नेतृत्वमा भएको अध्ययनमा ५० वर्षमाथिका ८३० जना सहभागी भएका थिए । त्यसमा गम्भीर साइड इफेक्ट नदेखिए पनि तुलनात्मक रुपमा सुक्ष्म तथा मध्यमखालका साइड इफेक्ट भने एउटै खोपको दुई मात्रा लगाउनेमा भन्दा बढि देखिएको हो ।

अध्ययनको प्रारम्भीक प्रतिवेदन द लान्सेटमा प्रकाशित भएको छ । यसको पूर्ण प्रतिवेदन चाँडै सार्वजनिक हुने जनाइएको छ ।

Share this:
Show More

Related Articles