समाचारसमाज

पछिल्लो २४ घन्टामा १० हजार बढी संक्रमितको मृत्यु

काठमाडौं, वैशाख २१ – विश्वमा पछिल्लो २४ घन्टामा ६ लाख ६८ हजार संक्रमित थपिएका छन् भने १० हजार बढीको मृत्यु भएको छ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार सबैभन्दा धेरै भारतमा साढे ३ लाख संक्रमित थपिएका छन् भने ३४ सय बढी संक्रमितको मृत्यु भएको छ।

त्यस्तै ब्राजिलमा ३६ हजार संक्रमित थपिएका छन् भने एक हजार बढी संक्रमितको मृत्यु भएको छ। उता अमेरिकामा ३९ हजार संक्रमित थपिएका छन् भने ४४५ संक्रमितको मृत्यु भएको छ।

पछिल्लो समय टर्की, अर्जेन्टिना, जर्मनी, कोलम्बिया, इरान र नेपाल कोरोना संक्रमण दर ह्वात्तै बढेको छ।

Share this:
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *