समाचारप्रादेशिकराजनीतिस्थानीय राजनीति

प्रदेश २ सरकार विधेयक ल्याउने तयारीमा

काठमाण्डौं, मंसिर ९ – प्रदेश २ सरकार करारमा कर्मचारी भर्ना गर्न बनेको विधेयक ल्याउने तयारीमा पुगेको छ ।

केन्द्र सरकारले प्रदेशमा कर्मचारी नपठाउँदा कर्मचारी अभावमा प्रदेशको कामकाज सञ्चालनमा समस्या आइरहेको भन्दै प्रदेश सरकारले करारमा कर्मचारी भर्ना गर्न विधेयक ल्याउन लागेको हो ।

करारमा कर्मचारी भर्ना गर्न सरकारले प्रदेशसभा बैठकमा केही दिनअघि विधेयक पेश गरे पनि सहमति नहुँदा विशेष समितिमा पठाइएको थियो । आवश्यक कर्मचारीका लागि रिक्त पदहरुमा स्थायी पदपूर्ति नभएसम्म छोटो अवधिका लागि करार सेवामा कर्मचारी नियुक्त गर्न आवश्यक भएको प्रदेश सरकारको भनाई छ । प्रदेशसभा बैठकबाट विधेयक पारित भए लगत्तै प्रदेश सरकारलाई करारमा कर्मचारी भर्ना गर्न बाटो खुल्नेछ ।

Share this:
Tags
Show More

Related Articles