समाचारराष्ट्रियBanner Newsराजनीतिस्थानीय राजनीतिशिक्षा

मप विश्वविद्यालयमा तोडफोड, १३ विद्यार्थी पक्राउ

सुर्खेत, २४ मंसिर – मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तोडफोड गर्ने १३ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रष्जिष्टार महेन्द्रकुमार मल्ललाई निलम्बन गरेको विरोध गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विद्यार्थीहरुले आज विहान प्रशासनिक भवनको दुई वटा काउण्टरमा तोडफोड गरेका छन् ।

बिनाकारण राजनीतिको आडमा रजिष्टार पदबाट डा. महेन्द्रकुमार मल्ललाई हटाइएको भन्दै नेपाली कांग्रेस निटक विद्यार्थी र प्रध्यापकहरु आन्दोलनमा उत्रिएका हुन् । विश्वविद्यालयको रजिष्टारमा शिक्षा संकायका डिन यामबहादुर कार्कीलाई नियक्त गरेर डा. महेन्द्रकुमार मल्ललाई पदीय आचरण अनुसार काम नगरेको भन्दै निलम्बन गरिएको थियो ।

विद्यार्थीले प्रध्यापक र विद्यार्थीहरुले नियम विपरित गरिएको निर्णय नसच्याएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । उनीहरुले आज पनि विश्वविद्यालयको पठनपाठन ठप्प पारेका छन् ।

Share this:
Tags
Show More

Related Articles