समाचारBanner Newsराजनीतिस्थानीय राजनीति

राष्ट्रपतिले भाइ डेगेन्द्रलाई लगाइदिइन् सप्तरङ्गी टीका

काठमाडौं, कात्तिक २३- राष्ट्रपति विद्यादेवी भण्डारीले  आफ्नो भाइसँग टीका ग्रहण गरेकी छिन्।

शुक्रबार बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिइन्।

राष्ट्रपति भवन शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन्।

भाइ डेगेन्द्र पाण्डेले यथाशक्य दक्षिणा प्रदान गरेर राष्ट्रपतिसँग आशीर्वाद लिए। त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा अर्चना गरेकी थिइन्।

Share this:
Tags
Show More

Related Articles