देशसमाचारराष्ट्रियसमाजअपराध

लेनदेन र करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, पुस २० सिरहा प्रहरीले लेनदेन र जबरजस्ती करणी मुद्दाका फरार तीन प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा दुई महिलासहित तीनजना छन् । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले बिहीबार लेनदेव बिगो मुद्दाका फरार प्रतिवादी सिरहा नगरपालिका १२ सारस्वर घर भएकी ३८ वर्षीया अनितादेवी सहनी तथा ४० वर्षीया भत्ती खातुनलाई घरबाटै पक्राउ गरेको हो ।

त्यस्तै, प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार रहेका प्रतिवादी सिरहाको विष्णुपुर गाउँपालिका ३ बस्ने २२ वर्षीय रवीन्द्र यादवलाई पनि बिहीबार नै पक्राउ गरिएको जनाएको छ ।

पक्राउ गरिएका तीन जना प्रतिवादीहरूलाई शुक्रबार सिरहा जिल्ला अदालतमा बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Share this:
Tags
Show More

Related Articles