कला/साहित्यसमाचार

शम्भुजित बास्कोटा र मन्जु थापाको स्वरमा पार्यो माया जालैमा सार्बजनिक

काठमाण्डाै , बैशाख २४ – लेजेन्ड सङ्गीतकार शम्भुजित बास्कोटा र मन्जु थापाको स्वरमा रहेको गीत ‘पार्यो माया जालैमा…’ (गोर्खा भीएस दोलखा) सार्वजनिक भएको छ ।

शम्भुजितकै शब्द तथा सङ्गीत, नरेन्द्र वियोगीको एरेञ्ज र प्रकाश मिश्रको माष्टरिङ तथा मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

 सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा पुष्पा खडका र सुनिसा बजगाईंलाई फिचरिङ गरिएको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन छ ।

गीत र गीतको भिडियोमा दोलखा र गोर्खाको युवा युवतीबीचको प्रेमलाई दर्शाइएको छ । लेजेन्ड सङ्गीतकार तथा गायक शम्भुजित बास्कोटा र बरिष्ठ गायिका मन्जु थापा यो प्रस्तुतिलाई यतिवेला धेरै स्रोता/दर्शकले रूचाई रहेका छन् ।

उहाँहरूका थुप्रै गीत स्रोता/दर्शकमाझ लोकप्रिय छन् ।
https://youtu.be/Ftoc6nlmyAk

Share this:
Show More

Related Articles