देशसमाचारअर्थशेयर

शेयर बजारमा आज पनि नयाँ रेकर्ड

काठमाडौं, चैत २४ – मंगलबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार सहित बजार सूचकले उचाईको नयाँ रेकर्ड कायम रहने क्रमजारी रह्यो ।

उतार चढावबीच नेप्से १५ अंकले उकालो लागेर २६ सय ७४ को उचाई कायमभयो ।

कारोबार पनि उच्च नै साढें ७ अर्ब बराबर पुग्यो ।

यस दिन बढी जसो समूह हरियो रहे ।

होटल तथा पर्यटन, उत्पादनमूलक, जलविद्युत, लघुवित्त, विकास बैंक, लगानी र सामुहिक लगानी कोष उकालो लागे ।

होटल तथापर्यटन समूहमा सबैभन्दाउच्च २ सय ५ अंकको बृद्धि आयो ।

अरु समूहओरालो लागे । व्यापार समूहमा सबैभन्दाउच्च ४ सय ३२ अंक र बीमा समूहमापनि बढी अंकको गिरावट आयो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १३ कम्पनीको १ करोड ६१ लाखकित्ता शेयर ७अर्ब ४८ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

Share this:
Show More

Related Articles