समाचारराजनीतिस्थानीय राजनीति

स्थापित ९ महिनामै विस्थापित

काठमाडौं, कात्तिक १७ – प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित पदमुक्त भएका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले नौ महिनाअघि नियुक्त स्थापितलाई शुक्रबार दिउँसो बर्खास्त गरेका हुन्। संविधानको धारा १६९, उपधारा २ को खण्ड ‘ख’अनुसार स्थापितलाई पदबाट हटाएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए । मुख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मवारी आफैंले लिएका छन् ।

‘मुख्यमन्त्रीको निर्देशनलाई पनि उनी (स्थापित)ले सधैँ अटेर गरेपछि बाध्य भएर बर्खास्त गरिएको हो’, मुख्यमन्त्रीका स्वकीय सचिव पौडेलले भने, ‘सबैभन्दा बढी बजेट भएको मन्त्रालयको प्रगति शून्य छ ।’, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

Share this:
Tags
Show More

Related Articles