Logo

१५ चैत्र २०८०, बिहीबार

धनकुटा महोत्सवका कार्यक्रममा तीन दर्जन घाइते


नौलो न्युज


काठमाडौं – धनकुटा महोत्सवका क्रममा शनिबार आयोजित सांगितिक कार्यक्रममा अत्यधिक भीड बढेपछि भागदौड मच्चिँदा तीन दर्जन घाइते भएका छन् ।

कार्यक्रम स्थलमा प्रवेश गर्न टिकटको व्यवस्था गरिएकोमा टिकट बिनाको भीड बढेपछि भागदौड मच्चिएर दुर्घटना भएको हो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

स्टेजमा गायक प्रमोद खरेलको प्रस्तुती चलिरहँदा एकै पटक मानिसहरु भित्र छिर्न खोजेपछि भागदौड मच्चिएको बताइएको छ ।

आयोजकले टिकट बिनाका दर्शकलाई कार्यक्रमस्थल छिर्न नदिएको र कार्यक्रम स्थलको गेट नखोलेका कारण क्षति भएको प्रहरीले बताएको छ । घाइतेहरुको उपचार धनकुटा जिल्ला अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

१७ जनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ भने, अन्यको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको धनकुटा प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरले भने क्षतिको पूर्ण विवरण नआएको तर, घटनास्थल अहिले शान्त रहेको बताएको छ ।


प्रकाशित मिति: १५ माघ २०७९, आईतवार ०८:१०

प्रतिक्रिया दिनुहोस्