Logo

१४ मंसिर २०८०, बिहीबार

डेंगी संक्रमितको संख्या चार हजार नाघ्यो, तीनजनाको मृत्यु


नौलो न्युज


काठमाडौं – सन् २०२३ को जनवरीयता नेपालमा डेंगी संक्रमितको संख्या चार हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाको तथ्यांकअनुसार जनवरीयता जुलाई २४ सम्म संक्रमितको संख्या चार हजार २८९ पुगेको छ । यो अवधिमा संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ ।

६९ जिल्लामा डेंगी देखिएकोमा सबैभन्दा बढी सुनसरीमा दुई हजार ७५४ जना संक्रमित भएका छन् । यसबाहेक धादिङ, दार्चुला र कास्कीमा संक्रमितको संख्या एक सयभन्दा माथि छ ।

काठमाडौं उपत्याकाका तीन जिल्लामा गरी १४४ जना संक्रमित भएका छन् । गत वर्षजस्तै डेंगुको अवस्था भयावह हुन नदिन सरकारले डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना तयार पारेको छ ।

जसमा तीनै तहका सरकारको समन्वयमा डेंगीको निगरानी प्रणाली चुस्त बनाउने, परीक्षण र उपचारको पूर्वतयारी बलियो बनाउनेजस्ता योजना बनाइएको छ ।

Capture 331690353022.JPG


प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार १३:०७

प्रतिक्रिया दिनुहोस्