Logo

१४ मंसिर २०८०, बिहीबार

बालेन भन्छन्- सरकारले जग्गा उपलब्ध गराए महानगरले रंगशाला बनाउँछ


नौलो न्युज


काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले नेपाल सरकारले जग्गा उपलब्ध गराएको खण्डमा रंगशाला बनाउने बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत् यस्ताे बताएका हुन्।

सरकाले महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराए महानगरबाट रंगशाला बनाउन पहल गर्ने उनकाे भनाइ छ।

बालेनले खेल भइरहेको रंगशाला पनि त्रिविको क्रिकेट स्टेडियम जस्तै भएकाे र नेपालमा त्यही स्तरको रंगशाला जग्गाबाहेक ८०-९० करोडमा बन्न सक्ने पनि बताएका छन्।

बालेन नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेका थिए।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार १०:२८

प्रतिक्रिया दिनुहोस्