Logo

१४ मंसिर २०८०, बिहीबार

युक्रेनलाई रुसी आक्रमणबाट मुक्त गर्न विश्व समुदायलाई युक्रेनी राष्ट्रपतिको अपील


नौलो न्युज


एजेन्सी – युक्रेनका राष्ट्रपति भोलीदिमीर जेलेन्स्कीले आफ्नो देश बिरुद्धको रुसी युद्ध अन्त्य गर्न बिश्व समुदायलाई एकजुट हुन अपील गर्नुभएको छ ।

राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै जेलेन्स्कीले दुष्टहरुको बिश्वास नगर्न आग्रह गर्दै रुसले बिश्वलाई नै युद्धमा धकेल्न खोजेको आरोप लगाउनुभयो । जलवायु परिवर्तन जस्ता साझा चुनौतीलाई समेत रुसले वेवास्ता गरेको भन्दै उहाँले रुसलाई आणबिक हतियार राख्ने अधिकार समेत नभएको जिकीर गर्नुभयो ।

रुसका आणविक हतियार नियन्त्रण गरी रुसी राष्ट्रपति लगायतलाई युद्ध अपराधीको रुपमा दण्डित गर्न पनि जेलेन्स्कीले बिश्व समुदायलाई आग्रह गर्नुभयो । रुसले युक्रेनमा नरसंहार मच्चाएको भन्दै जेलेन्स्कीले रुस विश्वका लागि खतरा बनेको आरोप पनि लगाउनुभयो ।


प्रकाशित मिति: ३ आश्विन २०८०, बुधबार ०७:५३

प्रतिक्रिया दिनुहोस्