Logo

१४ मंसिर २०८०, बिहीबार

बाँकेको बाल सुधार गृहमा तोडफोड र आगजनी


नौलो न्युज


नेपालगन्ज– बाँकेको जयन्दु बाल सुधार गृहमा रहेका किशोर र युवाहरूले तोडफोड गरेका छन् ।

डुडुवा गाउँपालिका-६ स्थित सुधार गृहमा राखिएका किशोर र युवाहरूको समूहले गएराति नाराबाजी गर्दै तोडफोड सुरु गरेका हुन् । उनीहरूले प्रहरीलाई गाली गलोज गर्दै आक्रमण गरेपछि रातभर अवस्था तनावग्रस्त थियो । 

तोडफोडका क्रममा सुधार गृहको झ्यालका सबै सिसा फुटेका छन् । सुधार गृहमा पसेर बल प्रयोग गर्न नपाउने कानुनी प्रावधानका कारण प्रहरीलाई स्थिति नियन्त्रणमा लिन कठिनाइ भएको छ । कानुनी विवादमा परेर सुधार गृहमा राखिएकाहरूले आक्रोश स्वरूप होहल्ला गर्दै तोडफोडमा उत्रिएको प्रहरीको भनाई छ । 

सुधार गृहमा करिब ३ सय जना बालबन्दीहरु छन् । 


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार ०८:३६

प्रतिक्रिया दिनुहोस्